जसपाबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिए



काठमाडौँ। जनता समाजवादी पार्टीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए। सपथ लगत्तै उनीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।