काठमाडौँ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
सोमबार मन्त्रालयमा भएको भेटवार्तामा भारतमा काम गर्ने नेपालीको कामदारको सुरक्षाका विषयमा छलफल भएको हो।
भेटमा मन्त्रीले भारतसँग नेपालको बषौं देखिको सामाजिक, पारष्परिक सम्बन्ध रहेकाले आगामि दिनमा पनि यस्को निरन्तरताको अपेक्षा गर्नु भएको थियो । साथै उनले भारतले अहिलेसम्म नेपालाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका छन्।
मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नु पर्ने बताउनु भएको छ । भारतीय राजदुत श्रीवास्तवले नेपाललाई भारतले विभिन्न क्षेत्रबाट वर्षौ देखि सहयोग गर्दै आएको बताए।
उनले भारतमा रहेका कामदारको सुरक्षाका लागि भारतीय सरकारले केही योजना बनाएर काम गरिरहेको पनि बताए। भेटमा एक अर्काबीच मायाको चिनो पनि आदान प्रदान गरिएको छ।