काठमाडौँ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरि विकास निमार्णमा परिचालन गर्ने बताएका छन्।
शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौँमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले युवालाई स्वादेशमै रोजगारी र्सिर्जना गर्न पहल गर्ने बताएका हुन्।
देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनिकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए। जोश जागर र देशलाई आवश्यकपर्ने जनशक्ति देशमै परिचालनका निम्ति पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए।
अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफूले सम्हालेको जिम्मवारी पूरा गर्नका लागि सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन्। सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवालाई मन्त्री कुँवरले आभार व्यक्त गरे।