काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ।
राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन्। अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको अध्यक्ष नेपालले जानकारी दिए। श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएको नेपालले जानकारी दिए।