सर्केगाढ गाउँपालिकाले ल्ययो ४३ करोडको बजेट



हुम्ला। सर्केगाढ गाउँपालिकाले ४३ करोड ८४ लाख ४९ हजारको बजेट ल्याएको छ।

आर्थिक वर्ष २०७९/०८० को लागि बजेट गाउँसभाबाट उत्त बजेट पारित गरेको हो। नवनिर्वाचित पालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बजेट प्रस्तुत गरेसँगै गाउँसभाको समर्थनमा पारित भएको छ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अध्यक्ष ठानबहादुर रोकायाले प्रस्तुत गरेका थिए। स्थानीय सरकारका जिम्मेवारी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले दिने सेवा प्रभाहका लागि यो आवबाट लागू हुनेगरि विद्युतीय हाजीरीको व्यवस्था गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रम अन्तरगत पर्यटन प्रवर्द्धनको लागि जल यात्रमा रिपको विउबारादेखि सल्लीसल्लाहुँदै तुम्च सम्म र्याप्टिङ सञ्चालन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पुर्वाधार सम्मृद्धी सर्केगाड गउँपालीकाको आाधार भन्ने मुल भावनालाई आत्मसाथ गर्दै माटो सुहाउँदो अनुसारको अर्गानिक खेति उत्पादनमा जोड दिने भएको छ।

त्यस्तै तथा एक घर एक धारो निर्माण गर्ने समेटिएको र प्रत्येक वडावडामा सडक बिस्तारमासमेत पहल गरी पालीकामा रिङरोडको योजना समेटिएको छ। १५ सैया अस्पताल निर्माण, सुत्केरी पोषण भत्ताको व्यावस्था, स्वास्थ्य वीमा तथा चौमासीक रुपमा स्वास्थ्य सिविर सञ्चालन गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।