दाङ। दाङको घोराहीमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय गंगाबहादुर कुँवर र साइकलयात्री सोही वडाका १६ वर्षीय रितेश केसी रहेका छन्। उनीहरु दुबैको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आज बेलुकी पौने ९ बजे सौडियारबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २९२२ मोटरसाइकलले घोराही ७ बेसाही नजिक २ वटा साइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र अर्का साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए।