काठमाडौँ। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन्।
राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन्। समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।