काठमाडौँ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार भारतीय राजदूत श्रीवास्तवले प्रधामन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाए।
हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे।
साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। बिहीबारै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भवन, शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।