जिल्ला अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी), केन्द्रीय प्रचार विभागले आगमी चुनाको तयारीका बारेमा पार्टीका जिल्ला अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार सम्पन्न पार्टीको केन्द्रीय परिषद बैठकको म्यान्डेडपछि बुधबार ७७ वटै जिल्ला अध्यक्ष प्रदेश इञ्चार्ज तथा अध्यक्षसँग आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार रणनीति कस्तो हुने ? भन्ने विषयमा अन्तक्रिया कार्यक्रम गरेको हो।

अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्यवस्थित चुनावी प्रचार रणनीति तयार गरी कार्यान्वयन गर्न प्रदेश र जिल्ला अध्यक्षहरुलाई निर्देशन दिएका छन्।

अध्यक्ष नेपालले छिटो भरपर्दो र गुणस्तरीय सूचना अहिलेको आवश्यकता भएको भन्दै प्रचार विभागसँग सबै निकाय र तहको सम्वन्वय हुनुपर्नेमा जोड दिए। त्यस्तै कार्यक्रममा पार्टीका महासचिव डा.बेदुराम भुसालले संगठन निर्माण र परिचालनमा सबै तह र निकाय जुट्नुपर्नेमा जोड दिँदै प्रचार योजना मुताविक अगाडि बढ्नुपर्ने बताए। साथै उनले संगठन बिनाको प्रचार र प्रचार बिनाको संगठनको कल्पना गर्न नसकिने बताएका छन्।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा विभागका सचिव प्रकाश खतिवडाले विभागको प्रचार रणनिति, आगमी कार्ययोजना प्रस्तुत गरेका थिए।

जिल्ला अध्यक्ष मध्ये करिब ३० जनताले आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गरेका थिए भने केही जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुले लिखित रुपमा आफ्ना सुझावहरु दिएका छन्। अध्यक्षहरुले भुगोल, भाषा, प्राृकतिक अवस्था, समयकाला परिस्थितिका आधारमा स्तरीय र वैचारिक प्रचार योजना तयार पार्न सुझाव दिएका छन्।