पोखरा। हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ। पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेम्जामा रोपाइँ महोत्सव गरिएको हो।
विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो। महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए।