सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषिबाली विज्ञान संकायका विद्यार्थीहरू आन्दोलित भएका छन्।
विश्वविद्यालयको व्यवस्थापन पक्षले माग वेवास्ता गरेका कारण भेरिगंगा नगरपालिकाको रामघाटमा रहेको कृषिबाली विज्ञान संकायका विद्यार्थीहरू आन्दोलित भएका हुन्।
विद्यार्थीहरुले विद्यालयमा पटकपटक अत्यावश्यक सामाग्री, खानेपानी, ल्याब, लाइब्रेरीको व्यवस्था गर्न लिखित र मौखिक माग राख्दा व्यवस्थापनले नसुनेका कारण आन्दोलन गर्न बाध्य भएको विद्यार्थी धर्मराज आचार्यले बताए। आचार्यका अनुसार आफूहरुलाई विश्वविद्यालयले झुक्याएर भर्ना गरेको आरोप लगाए।
उनले भने, “भर्ना गर्दा विश्वविद्यालयले वीरेन्द्रनगर सुर्खेतमै अध्यापन हुने भनेर भर्ना गरायो तर अहिले आएर १२/१३ किलोमिटर टाढा रामघाटमा ल्याएर एउटा भवन मात्र भएको ठाउँमा बिना साधन राखेको छ। यो सरासर प्रशासनको फटाइ काम हो।” पटक पटक माग राख्दा नसुनेपछि आज शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको र आन्दोलन चर्केको आचार्यले बताए।
अर्का विद्यार्थी सुदांसु कुमार सिंहले कृषि पढेको विद्यार्थीले प्राक्टिकल गर्ने सामाग्री बिना कसरी पढ्ने? भनेर प्रश्न गरेका छ्न्। त्यसैगरी पेमा लामाले आफूहरुले कसैलाई हानी नगरी माग पूरा होस भनेर आन्दोलन गरेको तर सुनुवाई नभएको गुनासो पोखिन्। आन्दोलित विद्यार्थीहरूले ढुंगामुढा गर्दा भवनको सिसामा क्षती पुगेको छ।
अहिले आन्दोलन स्थानमा कृषिबाली विज्ञान संकायका डिन बिमललाल कर्ण उपस्थित रहेको बताइएको छ। संकायमा ४८ जना बिद्यार्थी भर्ना भएर पढ्न सुरु गरेका छन्।
भिडियो