जुम्ला। जिल्लाको हिमा गाउँपालिकाको १२औं गाउँसभाले पालिकाको केन्द्र तोकेको छ।
गापा अध्यक्ष लक्ष्मण शाहीले हिमा गाउँपालिकाको १२ओैँ गाउँसभाको बन्दसत्रबाट ऐतिहासिक रुपमा गाउँपालिकाको केन्द्र बाजागाड राख्ने निर्णय भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेशबुक मार्फत अध्यक्ष शाहीले गापाको केन्द्र तोकिएको जानकारी गराएका हुन्। उनले ‘विकासका सम्पूर्ण पूर्वाधारको मुल आधार, हिमा गाउँबासीलाई सुखी, खुसी र समृद्ध सपना पार्नुछ साकार’ भन्ने मुल नारालाई साकार पार्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
अघिल्लो पाँच वर्षिय कार्यकालको सरकारले गापाको केन्द्र तोक्न सकेको थिएन। उनले लेखेका छन्, ‘उपस्थित सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, सम्पुर्ण महानुभावहरुलाई धेरैधेरै धन्यवाद। यहाँहरुको गरिमामय उपस्थिमा १२ओैँ गाउँसभा उद्घाटन कार्यक्रम र बन्दसत्र सफलताका साथ सम्पन्न भएको छ। सबैलाई हार्दिक धन्यवाद।’