काठमाडौँ। स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको २०३२ साल पुस ६ गते सल्यान जिल्लामा जन्म भएको हो।
बाबा रामबहादुर खत्री र आमा लिलादेवी खत्रीको कोखवाट छैटौं सन्तान तथा जेठो छोराको रुपमा उनको जन्म भएको हो। बाबा रामबहादुर सल्यान जिल्ला थारमारे गाउँ पञ्चायतको ३/३ पटक प्रधानपञ्च बोनेका थिए। उनी पनि सानैदेखि राजनीतिमा सक्रिय भएका हुन्।
कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मेर २०४८ सालेखि राजनीतिमा प्रवेश गरेका केसी अहिले भने दाङ जिल्लाको लुल्सीपुर उपमहानगरपालिका ५ का स्थायी वासिन्दा हुन्। अति शालिन र भद्र हिराचन्द्र केसी २०४८ सालमा अनेरास्ववियुमा जोडिदै २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका नेता हुन्।
२०५२ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत दाङ घोराई वहुमुखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित हुँदै केसी २०५३ सालमा युवा सघं दाङको सह(संयोजकको जिम्मेवारी सम्हालेका थिए। तत्कालीन राप्ती अञ्चल युवा सघं ईन्चार्ज,मध्य पश्चिम युवा सघं प्रमुख, युवा सघं केन्द्रीय सचिवालय सदस्य, युवासघं केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुँदै तत्कालीन नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्यसमेतको भुमिका सफलताका साथ निभाइ सकेका छन्।
दाङ जिल्ला सचिवालय सदस्य, क्षेत्रीय कमिटी ईन्चार्ज, आर्थिक विभाग प्रमुख, २०६९ सालमा सगंठन विभाग प्रमुखहुँदै दाङ जिल्ला कमिटी सचिव बनेका केसी मध्यम परिवारमा जन्मेका व्यक्ति हुन्। हिराचन्द्र केसी राजनीतिमा चतुर खेलाडीका रुपमा मानिन्छन्। राजनीति शास्त्रमा स्नातकोत्तर गरेका हिराचन्द्र केसीको विवाह भने २०५६ सालमा रेखा केसीसगँ भएको हो।
उनका १ छोरा र १ छोरी छन्। पर्ख र हेरको निति अवलम्बन गर्ने केसी २०७४ सालमा दाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वाट निर्वाचित नेता हुन्। सानैदेखि खरो स्वभावका केसी नेकपा विभाजन भएपछि नेकपा एमालेमै रहेका थिए। तर, केपी ओलीले संविधानविपरीत ससंदको दुईदुई पटक हत्या गरेपछि उक्त प्रवृत्तिको आलोचना गर्दै विपक्षमा उभिएका हुन्।
संविधान विपरीत ससंद विघटनसङै केपी ओलीले पार्टीलाई समेत आफ्नो शर्मा कम्पनी बनाउन खोजेको आरोप लगाउदै विद्रोह गरेर माधव कुमार नेपालको अध्यक्षतामा बनेको एकीकृत समाजवादी पार्टीमा जोडिएका हुन्।
हाल केसी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य छन्। विभिन्न आन्दोलनका क्रममा अग्रस्थानमा रहेर नेतृत्व गर्ने हिराचन्द्र केसी आन्दोलन र राजनीतिक यात्राको क्रममा धेरै चोटी प्रहरी हिरासतमासमेत परेका थिए ।