काठमाडौँ। मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन्।
पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले अनलाइनखबरसँग बताए।
हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन्।