“१० भाइमा अझै ओलीकाे झाेला बाेक्ने नशा उत्रिएकाे छैन”



काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कथित १० भाइकाे मगजबाट अझै नशा उत्रिएकाे ओलीकाे झाेला बाेक्ने नशा नउत्रिएकाे बताएका छन् । उनले अझै हामीमाथि धारेहात लगाउने दुस्साहस गरिरहेकाे भन्दै सुध्रिन आह्वान गरेका हुन् । आज कार्की ब्याङ्क्वेट बबरमहलमा आयाेजित केन्द्रिय कमिटिकाे चाैथाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले पार्टी गठनकाे अन्तिम समयमा आएर दिएकाे धाेकाप्रति व्यङ्ग्य गर्दै आफ्नाे चिन्ता लिन जरुरी नरहेकाे समेत बताए ।

नेपालले भने, `हामीले तत्कालीन पार्टी एमालेबाट विद्राेह गरेर भदाै १ गतेबाट सबै गतिविधि अगाडि बढाउँदै आएका छाैँ । संगठनात्मक हिसाबले सबै बैठकमा पार्टी विधानका सिमा ननाघ्नेगरी बैठक बसिरहेका छाैँ ।´ उनले पार्टीभित्र बहस विवाद हुँदैमा कतिपय कमरेडहरूमा बैठक टार्ने प्रवृत्ति रहेकाे सुन्नमा आएकाे समेत बताए ।

उनले भने, `कम्युनिष्ट पार्टीभित्र आलाेचना र आत्मालाेचना हुन्छ । सिर्जनात्मक बहसका लागि छलफल, आलाेचना र आत्मालाेचना जरुरि हुन्छ । तत्कालीन एमालेमा आलाेचना र आत्मालाेचना गर्न छाेडिएकाे थियाे । यसाे भन्दैमा सार्वजनिक स्थानमा आलाेचना गर्दै हिँड्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन ।´

उनले अब के कार्ययाेजना लिएर जाने भन्ने कुरा बैठकले निर्देशन दिने बताए । नेता नेपालले भने, `कम्युनिष्ट पार्टीले देशभक्ति, लाेकतन्त्र काे झण्डा उठाउँदै अधिनायकवाद र विदेशी शक्तिका सामू नझुकेकै कारण नेपालमा कम्युनिष्ट पार्टी लाेकप्रिय भएका हुन् ।´

उनले कम्युनिष्टभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भयाे भने त्यस पार्टीले लाेकतन्त्रकाे झण्डा बाेक्याे भनेर मान्न नसकिने जिकिर गरे । उनले भने, `लाेकतन्त्रकाे मूल्यमान्यता स्वीकार्न हामीलाई जनताकाे बहुदलीय जनवादले नै निर्देश गरेकाे छ ।´

त्यसै गरी नेता नेपालले एमालेमा आएकाे अहंकारी प्रवृत्तिले गर्दा देशमाथि नै कुठाराघात भएकाे बताए । साथै उनले समाजवादकाे कुन नमूनालाई नेपालमा अवलम्बन गर्ने भन्ने विषयमा कहिल्यै छलफल नभएकाे बताए । नेपालले भने, `वैचारिक मन्थन, जनताका एजेण्डालाई बेवास्ता गर्याे ।´

उनले नेकपा एकीकृत समाजवादी देशभक्ति, लाेकतन्त्र र जनजिविकाकाे कुरा गर्ने पार्टी भएकाे बताए । उनले भने, `जनतालाई बेवास्ता गर्ने हाम्राे प्रवृत्ति हाेइन । अहिलेकाे मूल्यवृद्धिले जनताकाे ढाड सेकेकाे छ । भ्रष्टिकरण बढ्याे । आज बनलेवाटारमा बसेकाे बैठकमा राज्यले मुनाफा कमाउने हाेइन, अधिकतम हिसाबले तेलकाे मूल्य घटाउने कुरा भएकाे छ ।´

उनले पार्टी पुनर्गठन र एमालेसँगकाे विद्राेह जायज र न्यायाेचित रहेकाे बताए । उनले भने, `हाम्राे विद्राेह जायज थियाे । कथित १० भाइकाे मगजबाट अझै नशा उत्रिएकाे छैन । अझै हामीमाथि धारेहात लगाउने दुस्साहस गरिरहेका छन् । त्याे धृष्टता अब फेरि नगरून् ।´

नेता नेपालले आफूहरूले संघीयता र समावेशी राजनीतिक प्रणालीकाे रक्षा गरेकाे बताए । उनले भने, `हाम्रा सबै कदम सफल हुँदै गएका छन् । त्यसकै प्रतिफलका लागि हामी स्थानीय चुनावमा हाेमियाैँ । तर, सबैतिर गठबन्धनमा हामीलाइ उचित स्थान दिइएन।´

उनले आगामी निर्वाचनका लागि रणनीति बनाउन सबै केन्द्रीय सदश्यहरूलाई निर्देशन दिए । नेपालले भने, `अब हामीले हामी कति स्थानमा जित्न सक्छाैँ भन्ने आँकलन गरेर सबै प्रदेशका कमरेडले भन्नु हाेला । गठबन्धनप्रति हाम्राे धेरै गुनासा भए पनि गठबन्धनकाे अझै पनि आवश्यकता छ ।´

उनले आफ्नाे पार्टीकाे वास्तविक मत २० लाखभन्दा बढी रहेकाे बताए । उनले भने, `२७ प्रतिशत उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएका थियाैँ । शतप्रतिशत उम्मेदवारी दिँदा २० लाख मत आउँथ्याे । त्यसकारण आत्तिनुपर्ने बुनै कारण छैन ।´