नरहरिनाथ गापाद्वारा ५५ करोडको बजेट बिनियोजन



काठमाडौँ। नरहरिनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ५५ करोड ८१ लाख १० हजार बजेट विनियोजन गरेकाे छ।

शुक्रवार ११औँ गाउँसभाबाट गाउँपालिकाले पुर्वाधार केन्द्रीत कार्यक्रम अघि सार्ने भएको छ।

गाउँपालिकाले ११औँ गाउँ सभाबाट पुर्वाधार तथा आर्थिक बिकास र समृद्ध गाउँपालिका निमार्ण गर्ने, स्वास्थ्यलाई गुणस्तरीय बनाउने, शैक्षिक क्षेत्रलाई गुणस्तर र अभिवृद्धि गर्ने, कृषि बिकासकाे लागि रणनीति याेजना बनाउने लगाएतका गाउँसभाको निति तथा कार्यक्रममा समावेश गरिएकाे हाे।

गाउँपालिकालाई नगरपालिकामा रुपान्तरण गर्ने गरि नयाँ योजना गरिने गाउँ पालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट,उपाध्यक्ष कमल कुमार शाह, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बुढा र गापाका वडा अध्यक्षहरूको सहभागीता रहेको थियो।