जुम्ला। हिमा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ३९ करोड ८ लाख ८५ हजार बजेट बिनियोजन गरेको छ।
गापाले शुक्रबार १२औँ गाउँसभामार्फत उक्त बजेट बिनियोजन गरेको हो।
नीति कार्यक्रममा कर्मचारी तथा शिक्षकलाई पुरस्कृत, कृषि पशुपंक्षी र महिला वालवालिकाका शाखाका कार्यक्रमहरु थप बजेटको व्यवस्था गरिने उल्लेख छ।
हिमा गापाका हरेक विद्यालय, स्वास्थ्यचौकी, ईन्टरनेट जडान गर्ने, नेत्र ज्योति संघ, स्काउट शाखा तथा रेडक्रसको उपशाखा विस्तार गरिने उल्लेख छ।
यसैगरी ज्येष्ठ नागरिक, सुत्केरी, महिला, अपांगता, असहाय, व्यक्तिहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ । यसैगरी सवै माध्यामिक विद्यालयमा एक नर्सको व्यवस्थापन गर्ने, अन्तिम शुक्रवार अध्यक्ष सँग विद्यार्थी कार्यक्रम राखिने, सुन्दर हिमा सफा हिमा, प्रत्यक घरमा एक घर एक धारा निर्माण गरिने। शान्ति सुरक्षालाई प्रथामिकता दिने, विभिन्न क्षेत्रका उल्लेखनीय कार्यगर्ने व्यक्तिलाई सम्मान गर्ने भएको छ।
यसैगरी गाउँपालिकाका केन्द्रको टुंगो लगाईने भएको छ। लोक सस्कृति र देउडा महत्सव गरिने भएको छ। नीति कार्यक्रममा वोल्दै अध्यक्ष लक्ष्मणबहादुर शाहीले हरेक क्षेत्रलाई समेट्ने प्रयास गरिएको भन्दै ५ लाखभन्दा मुनीका योजना निरुत्साहित गरिएको बताए।
नीति कार्यक्रममा सुझावसमेत दिइएको छ। नेकपा एमालेका जयबहादुर खत्री, नेपाली कांग्रेसका नरबहादुर शाही, नेकपा माओवादीका प्रदेश कमिटि सदस्य लक्ष्मीकन्य बुढा, समाजवादीका जनक अधिकारी,नेमकिपाका ऐनबहादुर शाहीसहित वडाध्यक्षहरु, पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर सहित सरोकारवाला निकायहरुले सुझाव राखेका थिए। राजनैतिकदलका नेताहरुले निति कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
यसैगरी नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गाउँपालिकाको समग्र विकासका लागि नितिमा आएका राम्रा कामहरुको कार्यान्वयनको शुभकामना दिदै सूचना तथा सचार क्षेत्र, पत्रकारहरुको क्षमता अभिबृद्धि तथा प्रोत्साहन जस्ता कार्यक्रमहरु ल्याउन जोड दिए।