काठमाडौँ। विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए। पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान गरिएको उक्त प्रतियोगिताका विजेता र उत्कृष्ट तस्बिरहरू यस्ता छन्ः
तस्बिर स्रोत, KARINE AIGNER
तस्बिरको क्याप्शन, प्रतियोगिताको उत्कृष्ट तस्बिरमा मौरीहरू झुम्मिएको दुर्लभ दृश्य छ। करिन एग्नरले २० सेकेन्ड मात्रै झुम्मिएका ती मौरीको तस्बिर खिचेका हुन्। यी मौरीहरू अमेरिकामा पाइन्छ।
तस्बिर स्रोत, JOSE GRANDIO
तस्बिरको क्याप्शन, पर्वत श्रृङ्खला एल्प्सको फ्रान्सेली स्थानमा आफ्नो दुलोबाट निस्केर उफ्रिरहेको यो प्राणीलाई हेर्नुहोस्। फोटोग्राफर होसे ग्रान्डिओले यो तस्बिरका लागि निकै समय कुरेको र त्यो जीव हिउँमा रमाएर निकै बेर खेलेको बताएका छन्।
तस्बिर स्रोत, SITARAM RAUL
तस्बिरको क्याप्शन, यो चमेरो रुखमा फलेको फल खान खोजिरहेको छ तर यो तस्बिर खिच्न सीताराम राउललाई निकै समय लाग्यो। राउलले तीन साता चमेरोहरूको क्रियाकलाप हेर्दै कसरी राम्रो तस्बिर खिच्न सकिन्छ भनेर अध्ययन गरेका थिए।
तस्बिर स्रोत, SANDESH KADUR
तस्बिरको क्याप्शन, सन्देश कादुरले यो हिउँचितुवाको तस्बिर खिचेका हुन्। हिउँचितुवाहरू पहाडमा देख्न गाह्रो हुने गरी बस्न सक्छन् जसले गर्दा यिनलाई हिमालको भूत पनि भनिन्छ।
तस्बिर स्रोत, TOM SHLESINGER
तस्बिरको क्याप्शन, एउटा भाले एटलान्टिक गोलिआथ ग्रुपर माछाहरूको भिडसँगै पौडिरहेको यो तस्बिर टम स्लेसिङ्गरले खिचेका हुन्। गोलिआथ ग्रुपर समुद्रमा पाइने ठूला माछामध्ये एक हो जुन साढे दुई मिटर लामो हुन्छ र ३६० किलोसम्मको हुनसक्छ।
तस्बिर स्रोत, TOM ST. GEORGE
तस्बिरको क्याप्शन, टम जर्जले खिचेको यो तस्बिर मेक्सिकोको पानीमुनिको गुफाको हो। यो तस्बिरमा ती गुफाको सुन्दरता मात्रै होइन, पर्यटनको विकासले यस्ता प्राकृतिक कुराहरू कसरी जोखिममा परिरहेका छन् भनेर देखाउन खोजिएको छ।