‘सोसल मिडियाको परिचालन गरेर बालेन्द्र मेयर भए’



काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले बालेन्द्र साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी छन्।

नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कतिमा हायर गर्नु भयो? भनि प्रश्न समेत गरिन्। ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार साह मेयर बन्न सफल भएको उनको भनाइ थियो।

नेतृ देउवाले पार्टी सिष्टममा नेताहरुले देश चलाउने स्पष्ट पारिन्। स्वतन्त्रको तर्फबाट उम्मेदवार बनेर जनप्रतिनिधि बन्ने संवैधानिक व्यवस्था आफ्नो पार्टीको पहलमा भएको उनले दावी समेत गरिन्। नेतृ देउवाले नेता बन्नका लागि आफ्नो क्षमताको पहिचान गरेर आउनुपर्ने धारणा समेत राखिन्।