लालु। कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा न. ९ भाट्गाउँ निवासी ३५ वर्षीय रामपुरा बुढा (बोहरा) को अकालमै मृत्यु हुँदा ४ जना बाल बच्चाको बिचल्लि भएको छ।
असार २ गते राती एक्कासी बिरामी भई उपचारको लागि कालिकोट जिल्ला अस्पताल लैजादै गर्दा खुलालु कालेखोमा मृत्यु भएको हो।
उनी सामुदायिक अध्ययन केन्द्रको सहजकर्ता पनि थिइन। साथै सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय थिइन। उनका चारजना (१२ वर्षकी छोरी बिना बोहरा, १० वर्षकी छोरी ममता बोहरा ८ वर्षको छोरा विशाल बोहरा र ६ वर्षको छोरा प्रविन बोहरा) बाल बच्चा छन्।
यी बच्चाको बाबू ३७ वर्षका दुर्गबहादुर बोहरा (दोभान) करिब २ वर्ष अघि हात हतियार निर्माणको मुद्दामा पक्राउ परि अहिलेसम्म जिल्ला काराघरमा छन्। बाबू काराघार आमाको असामयीक निधनले यी बालबालिकाको अवस्था एकदमै गार्हो भएको हो।
बालबालिकाले आमा र बाबुको अभावको महशुस मात्र होइन आमा बाबुको खोजी गरिरहेका छन्। अहिले घरमा कोहि पनि अभिभावक छैनन्। आफन्तले अहिले साथ दिरहेका छन्।