दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै बालबालिका विस्थापित



काठमाडौँ। विश्वभर विस्थापित बालबालिकाको संख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ। संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफले अहिले विस्थापित बालबालिकाको संख्या ३ करोड ३० लाख ५० हजार पुगेको जनाएको छ।

विषेशगरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको अध्ययनमा उल्लेख छ। ‘दोस्रो विश्व युद्धपछि एकै पटकमा यति धेरै बालबालिका विस्थापित भएको अहिले पहिलो पटक हो’, युनिसेफले निकालेको विज्ञप्तिमा लेखिएको छ।

अघिल्लो वर्षको तुलनामा विस्थापितको संख्या २२ लाख बढी देखिएको छ। विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ। जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी रुस-युक्रेन युद्धको असर विश्वभरि परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि युनिसेफले जनाएको छ।