एमाले जनप्रतिनिधिद्वारा २० बुँदे काठमाडौँ संकल्पपत्र जारी



काठमाडौँ। नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन्। बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।

जारी संकल्प पत्रमा उनीहरुले आफुहरु शासक होइन, जनताको सेवक बन्ने, आफुहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन्। संकल्प पत्रमा सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गरिने समेत उल्लेख छ।