काठमाडौँ। नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम औएसपीपीओ स्वीकार्य नहुने बताएका छन्।
बुधबार अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए। उनले लेखेका छन्, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ, नो थ्याङस् । एसपीपी हामीलाई स्वीकार्य छैन। कांग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ।’
समुन्नतिमा सबैको साथ स्वीकार्य हुने भन्दै सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य हुने बताए। ‘हामी साझा ढंगले प्रष्ट छौं। समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य’ शर्माले भने।