राष्ट्रघाती ‘एसपीपी’ मा हस्ताक्षेर नगर्न अनेरास्ववियूको माग



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

उक्त कार्यक्रम राष्ट्रघाती भएको ठहर गर्दै संगठनले उक्त मस्यौदामा हस्ताक्षेर नगर्न सुझाव दिएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै संठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले उक्त सुझाव दिएका हुन्।

अध्यक्ष पराजुलीले यदि आफ्ना मागहरुप्रति सरकार बेखबर बने अनेराव्वियू सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। साथै अनेरास्ववियूले एसपीपी राष्ट्रघाती कार्यक्रम भएकाले नागरिक समाज, पत्रकार, आम जनसमुदायलाई विरोधमा उत्रिन अनुरोध गरेको छ।

हेर्नुहोस् विज्ञप्ति