नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित



काठमाडौँ। एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको हो।

जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो। ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।

यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो।