काठमाडौँ। बहुचर्चित लोक तथा दोहोरी गीत ‘कति राम्रो दमाईको छोरो’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
झलक संगीतमको संगीत रहेको लाइभ दोहोरी गीतका रुपमा भाइरल बनेको थियो। जुन भाकामा लोकप्रिय गायक राजु परियार र टिका पुनले प्रत्यक्ष दोहोरी गाएका थिए। जसलाई धेरै दर्शकले रुचाएका थिए।
सामाजिक विभेदको अन्त्यका लागि यस गीतले सकारात्मक भूमिका खेलेको छ। समिर रामदामको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो। म्युजिक भिडियोमा रिना थापा मगर, सरद एलजी, जोन पोखरेल र स्मृति सुनारको अभिनय रहेको छ।