एकीकृत समाजवादी बैठक: निर्वाचन प्रतिवेदनमाथि छलफल



काठमाडौँ। नेकपा ‘एकीकृत समाजवादी’ को स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनमाथि छलफल भएको छ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय सचिवालयले तयार पारेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन मंगलबारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिएको थियो।

सो प्रतिवेदनमा मंगलबार सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरुले धारणा राखेका छन्। यो विषयमा बुधबार पनि वृहत छलफल हुने र पार्टीको आगामी रणनीति तयार गरिने खतिवडाले बताए।