शितला बस्ती पहिरोको उच्च जोखिममा (फोटोसहित)



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा ०८ र ०९ मा भारी बर्षातका कारण ठूलो मात्रामा भौतिक क्षेती पुगेको छ।

खासगरी वडा नम्बर ०९ को शितला बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष प्रदिप बोहराले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। यहि जेठ २५ र २६ गते आएको अविरल बर्षाका कारण ठूलो मात्रामा भौतिक क्षेती पुगेको छ।

अध्यक्ष बोहराका अनुसार साेमबार जनप्रतिनिधि, प्रहरी अधिकारी र स्थानीयको उपस्थितिमा भौतिक क्षती, अन्नबालि, पशुपंक्षी र चौपयाको क्षेतिको विवरण संकलन गरि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

बोहराले भने, ‘हरेक बर्षाको समयमा यहाँका मानिसहरु त्रासमा बाँच्न बाध्य छन्। प्राथमिक र दिगो समाधानको खोजिमा हामी छौं। संघ र प्रदेश सरकारकै सहयोगमा यस बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ। असार नलाग्दै यति ठूलो जोखिम निम्ति सक्यो। भोलिका दिनमा के हुने हो ? कसो हुने हो ? भन्ने संसय पैदा भएको छ।’

नोटः संलग्न तस्बिरहरु वडा अध्यक्ष बोहराको फेशबुकबाट साभार गरिएको हो।