सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सबैभन्दा राम्रो काम गर्ने उद्यमीलाई र जिल्लास्तरीय उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो। प्रदेश स्तरमै उत्कृष्ट उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लाभरि राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगदसहित सम्मान गरिएको हो।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आज आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उत्कृष्ट उद्यमीलाई पुरस्कार वितरण गरे। सम्मानित हुनेमा प्रदेश स्तरीयमा कुशे गाउँपालिका–८ जलजला नेपाली हाते कागज उद्योगका सञ्चालक मानबहादुर थापाले सम्मानपत्रसहित दुई लाख नगद प्राप्त गर्न सफल भएका छन्।