‘चुनावमा मतपत्र दिन सक्छौं, विद्यार्थीलाई किताब दिन किन सक्दैनौं?



काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरीले चुनावमा टोल टोलमा मतपत्र पुर्‍याउन सकिने, तर विद्यार्थीलाई समयमै किताब पुर्‍याउन किन सक्दैनौं? भन्दै संसदमा प्रश्न गरेकी छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै उनले विद्यार्थीलाई किताब पुर्‍याउन किन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले भनिन्, ‘समय अनलाइनबाट पढाइ हुने आइसकेको छ। तर, हामी विद्यार्थीहरुलाई किताब उपलब्ध गराउन सकिरहेका छैनौं। चुनावमा टोल टोलमा हामी मतपत्र पुर्‍याउन सक्ने, पत्रिका घरघरसम्म पुर्‍याउन सकिने, तर नियमित कार्यक्रम विद्यार्थीलाई किताब पुर्‍याउन सकेनौं।’

उनले राज्यको प्राथमिकतामा विद्यालय किन परेन? भन्दै प्रश्नसमेत गरिन्। ‘हामीले जुन विद्यालयमा भविष्य देख्न सक्दैनौं। जनताका छोराछोरीलाई जान कसरी भन्नेरु विद्यालय कजेल राजनीतिक थलो बनेको छ। त्रिविमा तालाबन्दी भएको कतिभयो, यो हरिबिजोगको अन्त्य कहिले हुन्छ?’ उनले भनिन्।

सेवा सुविधाको हिसाबले हेर्ने हो भने नीजि विद्यालय भन्दा दोब्बर सुविधा सामुदायिक विद्यालयमा रहेको भन्दै उनले जिम्मेवारी र दायित्वमा पछाडि परिएको बताइन्।