सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा एमालेरमाओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन्।
सुनारले १० मत प्राप्त गरेका छन् भने काँग्रेसबाट उम्मेदवार दिलीपकुमार वाग्लेले ८ मत पाएका छन्। यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन्।
सदस्यहरूमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन् यस्तै, माओवादीबाट शान्ति ताराम र तुलाराम नेपाली निर्वाचित भएका छन्।