प्रचण्डलाई ओलीको धम्की: हैसियतमा रहेर बोल्नुहोस्



विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हैसियतमा रहेर बोल्न सुझाव दिएका छन्।

शुक्रबार एमाले विराटनगरले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै ओलीले प्रचण्डलाई आफ्नो हैसियत हेरेर अरुको हैसियत नाप्न सुझाव दिए।

उनले भने, ‘कांग्रेसले घमन्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन्। ती नेताको हाइट कतिको छ भनेर हेरेको त घुँडा घुँडा मात्रै रहेछ ।’

ओलीले पाँच दलीय गठबन्धन नहुँदा धुलोपिठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने पनि बताए । साथै, ओलीले आफूलाई साँढे र अरूलाई बाख्रासँग तुलना गरेका छन् ।

उनले भने, ‘साढेसँग लड्न सक्दिन भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केहि दलहरुको हैसियत बाख्रा सँग लड्न सक्ने खालको छ ।