चार करोड लगानीमा खुल्यो आईडीएल मेसिनरी प्रा.लि



काठमाडौं। चावहिल सरस्वतीनगरमा ४ करोड लगानीमा आईडीएल मेसिनरी प्रा.लि. खुलेको छ।

बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथिको रुपमा पूर्व आई जी पी ठाकुर ज्ञवालीद्वारा रिवन काटेर कार्यालयको समुद्घाटन गरिएको थियो । कम्पनीको सम्पर्क कार्यालय र शोरुम सरस्वतीनगरमा रही गोदाम भने स्वयम्भुमा रहनेछ।

कम्पनीको सञ्चालकमा अनिल भण्डारी, शंकर भट्टराई र दिनेश कुमार पाण्डेय गरी ३ जना सञ्चालक सदस्य रहेका छन। शंकर भट्टराई यस मेशिनरी क्षेत्रमा विगत १० वर्ष देखि आबद्ध छन् । उनको यस क्षेत्रमा निकै राम्रो अनुभव छ र सानै उमेरबाट व्यापारिक व्यवसायमा लागेका उनी एक अब्बल युवा हुन।

त्यस्तै अर्का सञ्चालक अनिल भण्डारी पनि विगत ११ वर्ष देखि विभिन्न व्यवसायहरु आइडिएल कन्सल्टेन्सी, Nirix Darmacare, मर्म बहुउदेश्यीय सहकारी संस्था लगायत विभिन्न व्यवसायमा संलग्न छन्। विशेष गरी उनको आईडीएल एउटा ब्रान्ड बनाउने लक्ष्य छ।

अब गरिने हरेक व्यवसायमा आइडीएल नाम राखेर आगाडि बढ्नुका साथसाथै आइडिएल मेशिनरी ले आगामी दिनमा थप अरु विभिन्न मेशिनरी सामानहरूको पनि आयात गरी व्यापार गर्ने लक्ष्य राखेको अनिल भण्डारीले कर्णाली सन्देश लाई बताए।

अर्का सञ्चालक दिनेश कुमार पाण्डेय विगत १०/१२ वर्ष देखि South Africa मा रही काम गर्दै आउनुभएको छ। उहाँ अब चाँडै नै नेपाल आएर यही व्यवसाय लाई आगाडि बढाउने लक्ष्य राखेको पाइएको छ।

आई डी एल मेसिनरीमा भारतीय ब्राण्ड का वाटर पम्प, सर्कुलेसन पम्प, सम्बर सिबल पम्प र फायर फाइटिङ् पम्प पाईन्छ। उक्त कम्पनीमा भारतीय ब्राण्डका – Kirloskar SNT, Motif Electric ब्राण्डका पम्पहरु सबैमा १ वर्ष को वारेन्टी रहेको छ।

यस कम्पनिको मुख्य कार्यालय पोखरामा रहेको छ। साथै शाखा कार्यालयहरुले काठमाडौँ, भैरहवा, दाङ बाट सेवा प्रदान गरिरहेको छ भने देशका अन्य ठाउहरुबाट चाडै नै सेवा बिस्तार गर्ने लक्ष्य राखिएको कुरा सञ्चालक शंकर भट्टराईले कर्णाली सन्देशलाई जानकारी दिए।

यस कम्पनीले भारतीय ब्राण्डका पम्पहरु नेपाल अधिराज्यभर सुपथ मुल्यमा अर्डर गरेको ४८ घन्टाभित्र होम डेलिभरीको व्यबस्था गरेको छ। प्रत्येक शाखाहरुमाआवश्य पर्ने सम्पूर्ण पार्ट्स पुर्जाहरु समेत उपलब्ध रहेको कम्पनीले बताएको छ।

निकै नै उत्कृष्ट, जोश र जाँगरका साथ सबल र अब्बल युवा व्यवसायी समूहद्वारा व्यवस्थापन र सञ्चालनमा ल्याउन लागिएको यस संस्थाले व्यापारिक क्षेत्रमा एउटा नयाँ आयाम रच्ने कुरा प्रस्टै कल्पना गर्न सकिन्छ।