आईडीएल मेसिनरी प्रा.लि सन्चालनमा



काठमाडौं। चावहिल सरस्वतीनगरमा ४ करोड लगानीमा आई डी एल मेसिनरी प्रा. लि. खुलेको छ। बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथिको रुपमा पूर्व आई जी पी ठाकुर ज्ञवालीले रिवन काटेर उदघाटन गरेका हुन् ।

आई डी एल मेसिनरीमा भारतीय ब्राण्ड का वाटर पम्प, सर्कुलेसन पम्प, सम्बर सिबल पम्प र फायर फाइटिङ् पम्प पाईन्छ। उक्त कम्पनीमा  भारतीय ब्राण्डका – Kirloskar SNT, Motif Electric ब्राण्डका पम्पहरु सबैमा १ वर्ष को वारेन्टी रहेको कम्पनी का सञ्चालक शंकर भट्टराई ले जानकारी दिए।

यस कम्पनिको मुख्य कार्यालय पोखरामा रहेको छ। साथै शाखा कार्यालयहरुले काठमाडौँ, भैरहवा, दाङ बाट सेवा प्रदान गरिरहेको छ भने देशका अन्य ठाउहरुबाट चाडै नै  सेवा बिस्तार गर्ने कम्पनी  संचालक भट्टराईले दैनिक न्यूजपोस्ट लाई  जानकारी दिए। यस कम्पनीले भारतीय ब्राण्डका पम्पहरु नेपाल अधिराज्यभर सुपथ मुल्यमा अर्डर गरेको ४८ घन्टाभित्र होम डेलिभरीको व्यबस्था गरेको छ। प्रत्येक शाखाहरुमाआवश्य पर्ने सम्पूर्ण पार्ट्स पुर्जाहरु समेत उपलब्ध रहेको कम्पनीले  बताएको छ। यस कम्पनीको संचालकमा भट्टराईसंगै अनिल भण्डारी र दिनेश कुमार पाण्डे पनि रहेका छन् ।