काठमाडौँ। सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ। जसपाका सांसद रामबाबु यादवले मन्त्रीमाथि हातपात गरेका हुन्।
बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए। मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए।
यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए। उनले भने, ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो।’
जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए। श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन्। यो समाचार रातोपाटीमा छ।