उपसभामुख चयनबारे प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

साथै विचाराधीन नागरिकता विधेयकलगायत अन्य विधेयकहरु अगाडि बढाउने, उपसभामुख चयन गर्ने विषयमा पनि छलफल भएको छ।