काठमाडौँ। नेकपा ‘एकीकृत समाजवादी’ का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् । उनले काठमाडौंबासी नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे। बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आ।व। २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको बताए । सांसद श्रेष्ठले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्नसक्ने राजधानी बनाउनुपर्नेमा जोड दिए। उनले काठमाडौं जस्तो सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘काठमाडौं देशको राजधानी हो। मैले पटकपटक यो कुरा उठाइरहेको छु । अहिले राजधानीका विषयमा, यहाँका विकासका कुरामा, यातायातलाई व्यवस्थित गर्नको लागि अहिले पनि आएको छ । फ्लाइओभर राख्ने कुराहरु । अन्डरपास बनाउने कुराहरु । यो निरन्तर रुपमा आइरहेको छ । तर यो कार्यान्वयनमा जान सकिरहेको छैन । एउटा समस्या त्यहाँ छ । देशको राजधानी भनेको अनुहार हो । सबैले पहिला हेर्ने भनेको राजधानी हो ।
राजधानीमा आइसकेपछि शहरको सुन्दरता, यहाँको व्यवस्थापन, यहाँको वातावरण सबै कुरा हेरेर कसैले देशको अवस्था कस्तो रहेछ भनेर मनस्थिति बनाएको हुन्छ। हामीले हाम्रो राजधानी काठमाडौंलाई बनाउनको लागि मलाई अहिलेसम्म बिजीरहेको कुरा, म यहीँ जन्मिएर हुर्किएको मान्छे, राजधानी बनाउन राजधानीबाट नै प्रधानमन्त्री बन्नुपर्ने हो कि रु राजधानीबाट नै महत्वपूर्ण मन्त्रीहरु हुनुपर्ने हो कि रु त्यसपछि मात्रै यो राजधानी बन्ने हो कि रु सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा यथेष्ट किन जान सकिरहेको छैन रु मलाई चिन्ताको विषय लागिरहेको छ।
बस्न योग्य राजधानी बनाउनु प¥यो । हेर्न योग्य, घुम्न योग्य राजधानी बनाउनु प¥यो । हरेक पर्यटक घुम्न आउँ भन्ने राजधानी बनाउनु प¥यो । राजधानीलाई बनाउने कुरामा एकीकृत ढंगबाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरु गर्नुपर्छ । आजपनि राजधानीको बीच सडकमा पानी जम्ने, घरभित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन । हामी समृद्धिका कुरा गरिरहेका छौँ। तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने हाम्रो देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ । सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउने कि नबढाउने रु सांस्कृतिक शहर नै कायम रहनेगरी राजधानीको विकासको खाका कोर्नुपर्छ । ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउने हो भने ५ महिनामै यो काम हुनसक्छ ।’सांसद श्रेष्ठले काठमाडौंमा ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकारसँग आग्रह गरे ।