कुनै पनि प्रलोभनमा पर्दिन: अध्यक्ष नेपाल



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन्।

कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे। अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे।

उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उनले भने ।