काठमाडौँ। नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन सहयोग गरेको भन्दै आफ्ना तीन कार्यकर्तालाई कारवाही गरेको छ।
गठबन्धनका उम्मेदवार धनराज आचार्यको पक्षमा अभियान नै चलाएको आरोपमा पार्टीले ३ जनालाई कारबाही अघि बढाएको हो। मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्यलाई पार्टीले कारबाही गरेको हो। पहारीले आचार्यलाई जिताउन टेलिफोनमा पैसाका समेत लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो।
उनलाई संगठित सदस्यबाट निलम्बन गरेको छ। भने पोखरा ३३ वडाका उपाध्यक्षसमेत रहेका महेश अर्याललाई पद र संगठित सदस्यबाट समेत निलम्बन गरिएको छ। त्यस्तै, वडा ३३ का प्रशान्त आचार्यलाई निलम्बन गरिएको हो।