हिमा गापाद्वारा १५ बुँदे जनमुखी प्रतिवद्धता जाहेर



जुम्ला। जिल्लाको हिमा गाउँपालिकाले १५ वुँदे जनमुखी प्रतिवद्धता जाहेर गरेको छ।

मंगरबार गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको अध्यक्षतामा बसेको बैठकले जनताको जीवनसँग सरोकार राख्ने स्वास्थ्य, शिक्षा, उत्पादन, रोजगार, विकास र समृद्धिसँग सम्बन्धित जनमुखी प्रतिवद्धताहरु जाहेर गरेको हो।

गापाका सात वटै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने, तीन महिनाको एक पटक विशषज्ञ चिकित्सकद्वारा स्वास्थ्य शिविर सञ्चालन गर्ने, आँखा शिविर गर्ने, घरमा हुने सुत्केरी शून्यमा झार्ने, जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका लागि घरदैलो स्वास्थ्य सेवा कार्यक्रमहरु सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, प्रत्येक महिनाको पहिलो दिन सरसफाई कार्यक्रम सञ्चालन गर्ने आदी प्रतिवद्धता गरेको छ।