काठमाडौँ। अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो।