कालिकोट। सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसी माओवादी केन्द्रमा फर्किएका छन्।
उनलाई पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सोमबार सम्मान गरेको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै केसीलाई सम्मान गरेको हो।
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए।