काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनमा आशंका गरेका छन्।
सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गगरेका हुन्।
बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे। उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सीमित नगरी व्यवहारमा लागु हुनुपर्ने बताए।
‘हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ। तर कार्यान्वयनको पक्ष बडो फितलो छ। अब योजनाको पाटोमा कुरा गर्दाखेरि हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिदैन रु संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ?
लेखिएको कुरा मात्रै कागजमा सीमित हुने हो कि व्यवहारमा लागु हुने हो रु भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ’ उनले भने। संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकले बजेटको कमी कमजोरीलाई हटाएर अझ समृद्ध बनाएर लागु गर्नु राम्रो हुने निष्कर्ष निकालेको बताए ।
उनले भने, ‘बजेटमा कतिपय राम्रा कुराहरु आएका छन्। तर अझै हामी समाजवादको लक्ष्यतर्फ जाने हिसाबले अझै कयौं कुराहरुमा कमी कमजोरीहरु पनि छन् । ती कमी कमजोरीलाई हटाएर यो बजेटलाई अझै समृद्ध बनाएर लागु ग¥यो भने राम्रो हुन्छ भन्ने निष्कर्ष त्यस्तै आइराखेको छ।’ बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरे।