दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान



काठमाडौँ। आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन्।

मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको जानकारी दिए।

पोखराबाट मुस्ताङका लागि उडेको  तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो। सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो। विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए।