चार मन्त्रालयले पाए एक अर्बभन्दा माथिको बजेट



काठमाडौँ। सरकारको बजेट प्राथमिकताको टप फाइभ मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परेको छ।

यी मन्त्रालयहरूले कुल बजेट हिस्साको झण्डै ४३ प्रतिशत (४२.९५) हिस्सा होल्ड गरेका छन्। जसमध्ये एउटैले मन्त्रालयले खर्ब माथिको बजेट पाएका छन्। सरकारको बजेट वक्तव्य अनुसार मन्त्रालयगत रूपमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सबैभन्दा बढी बजेट पाउनेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्ष स्थानमा रहेको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कुल १ खर्ब ९६ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ बजेट पाएको छ। जुन कुल बजेटको १०.९५ प्रतिशत बराबरको हिस्सा हो।