काठमाडौँ। जुम्लाबाट निर्वाचित सांसद गजेन्द्रबहादुर महतले सभामुख अग्नि सापकोटालाई माथि उल्ल्खित प्रश्न गर्दै संसदमा बोल्न दिने क्रममा विभेद गरिएको भन्दै ताला र चाबी बुझाए ।
उनले भेने, ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु ।’
महतले संसदमा अगाडि भने,‘उहाँहरुले धित मरुञ्जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनुहोला ।’