काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित



काठमाडौँ। महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्। साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन्।

महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन्। डंगोलले ६८ हजार ६१२ ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए।

निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए। गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो।