सत्ता गठबन्धन संघ र प्रदेशमा पनि तालमेलको पक्षमा



काठमाडौँ। सत्तारुढ दलले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ‘अझ बलियो’ तालमेल गर्नेे संकेत गरेका छन् । स्थानीय तह निर्वाचनमा तालमेलको बलमा सिट संख्या बढाएका सत्ता घटकले गठबन्धनको संस्कृतिलाई आगामी चुनावसम्म कायमै राख्ने भएका छन् ।

तालमेलका बलमा प्रमुख र अध्यक्ष गरी कांग्रेसले ३२५, माओवादी केन्द्रले १२१ र जनता समाजवादीले ३०, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले ३ स्थानीय तहमा जित निकालेका छन्। पाँच दलबीच औपचारिक रुपमा २१६ स्थानमा तालमेल भएको थियो । प्रदेश र संघको निर्वाचनमा गठबन्धनलाई अगााडि बढाउने मजबुत आधार स्थानीय तहको निर्वाचनले दिएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत बताउँछन् ।