दैलेख। दैलेखमा बस दुर्घटना भएको छ। कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका(२ स्थित सिस्नेमा दुर्घटना भएको हो।
बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए। उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन्।
बस यात्रुले खचाखच भरिएको छ। प्रहरीका अनुसार बसमा ५०र६० जना सवार छन्। बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर प्रसाद साहले बताए। बस सडकबाट करिब ५० मिटर तल खसेको छ। थप विवरण आउन बाँकी छ।