कोहलपुर। बाँकेको कोहलपुरमा स्थापना भएको सामाजिक संस्था कोहलपुर ग्यालरीले कोहलपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पूर्ण प्रसाद आचार्यलाई स्वागत गरेको छ।
गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट अत्याधिक बहुमतका साथ निर्वाचित भएका कोहलपुर नगरपालिकाका प्रमुख आचार्यलाई उनकै कार्यकक्षमा भेट गरी स्वागत सहित बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको ग्यालरीका संस्थापक सरोजराज शाहीले जानकारी दिए।
आफ्ना निकटतम प्रतिद्वन्द्वी उम्मेदवार खिलप्रसाद भुसाललाई १९२९ मतान्तरले हराउँदै नेपाली काँग्रेसका युवा नेता आचार्य नगरप्रमुखमा निर्वाचित भएका हुन्।
बाँके जिल्ला लगायत देशैभरी भाईचारा, सहकार्य, समाजसेवा, सन्देशमूलक/सूचनामूलक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको कोहलपुर ग्यालरीले समाजका विभिन्न क्षेत्रमा देखिएका समस्याहरू निराकरण गर्न अग्रणी भूमिका खेल्दै आएकोछ।
आगामी दिनमा कोहलपुर नगरपालिकाले गर्ने हरेक सामाजिक कार्यमा हरेक समय सहकार्य गर्न अग्रसर रहने ग्यालरीका संस्थापक शाहीले प्रतिवद्धता समेत व्यक्त गरेका छन्।